कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी
२०७७ माघ ८, ०४:०३
धनगढी: भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।
कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।
आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।
कमेन्ट लोड गर्नुस