सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको कोल्टी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने

२०७७ माघ ३, ०४:५८ खबर संवाददाता

बाजुरा: बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराइने भएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच सम्झौता भएको हो। 

कोल्टी क्षेत्रका जनतालाई विशषेज्ञ सेवा उपलध गराउने सहमतीसहित दुवै निकायबीच सम्झौता गरिएको हो। जसका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा.राजेन्द्रराज वाग्ले र बुढीनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीबीच लिखित सम्झौता गरिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने र प्राविधिक तथा आर्थिक श्रोत साधनको व्यवस्थापन बुढीनन्दा नगरपालिकाले गर्ने सहमति भएको नगर प्रमुख पदम कुमार गिरीले बताए।

कोल्टीक्षेत्रका चार वटा स्थानीय तहसँगै हुम्ला, जुम्ला, मुगु र कालिकोटका बिरामी समेत उक्त स्वास्थ्य केन्द्रमा पुग्छन्। 


 

कमेन्ट लोड गर्नुस