सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ४०३ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

२०७७ माघ १, ०४:१४ खबर संवाददाता

धनगढी: नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ।

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ।

कमेन्ट लोड गर्नुस