सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नेकपा ओली पक्षले गर्‍यो जिल्ला कमिटी विस्तार

२०७७ पुष २९, ०२:२४ खबर संवाददाता

बाजुरा : बाजुरामा नेपाल कम्युनिष्ट पाटी(नेकपा) ओली पक्षले जिल्ला कमिटी विस्तार गरेको छ। पार्टीको चौथो बैठकबाट १ सय ५१ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर ६ सय १ सदस्य पुगाइएको हो। 

बुधबार पत्रकार सम्मेलनमार्फत नेकपा ओली पक्षका पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले उक्त कुराको जानकारी दिएका छन्। 

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध अवान्छित गतिविधी गर्नेलाई सरकार समक्ष कारबाहीको माग गर्ने, युवा संघ  र अनेरास्ववियूको जिल्ला कमिटीमा जिम्मेवारी पाउनेलाई धन्यवाद ज्ञापन गर्ने लगायतका निर्णय भएको समेत उनले जानकारी दिए। 

 
 

कमेन्ट लोड गर्नुस