सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नेकपाको र्‍यालीमा निस्केको मोटरसाइकलले ठक्कर दिँदा महिला घाइते

२०७७ पुष २६, ०४:३१ खबर संवाददाता

बाजुरा: बाजुरामा मोटरसाइकलका ठक्करबाट एक महिला घाइते भएकी छिन्।

आइतबार  मार्तडीको गैरीबजारमा से१ब ९५९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बडिमालिका नगरपालिका ८ की ४५ वर्षीया लुडी थापा घाइते भएकी प्रहरीले जनाएको छ।

नेकपाको र्‍यालीमा झण्डासहित निस्केको उक्त मोटरसाइकलले ठक्कर दिएर महिला घाइते भएकी प्रहरीको भनाइ रहेको छ।

घाइते भएकी थापालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। 

मोटरसाइकल र मोटरसाइकल चालक जेशीस रावललाई प्रहरीको नियन्त्रणमा लिइसकेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस