सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्तकमैयाबाट अबैध रुपमा असुलेको रकम फिर्ता

२०७५ भदौ १७, ०७:१२

कैलालीको जानकी गाँउपालीका ८ पालबजार मुक्त कमैया शिविरका स्थानिय बाट मालपोात कार्यालय टीकापुरका कर्मचारीले लिएकोे अबैध रकम फिर्ता भएको छ  । ५७ जना बाट उठाएको रकम मध्य २ लाख ३ हजार ८ सय २५ रुपैया रकम मालपोत कार्यालय टीकापुरका कर्मचारीले फिर्ता गरेका हुन । वडा कार्यलयको सिफारीस सहित बढीमा एक हजार एक सय रुपैया मात्र लाग्ने ठाउँमा मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यलय सहयोगि मनीराम चौधरीले विचौलिया संगको मिलेमतोमा विल नकाटेरै लालपुर्जा बनाउन प्रति लालपुर्जा बनाए वाफत एक जना बाट ३ हजार ५ सय देखि ५ हजार रुपैया सम्म अबैध रुपले असुलेका थिए ।

 

कमेन्ट लोड गर्नुस