स्कुल बस दुर्घटना, बालबालिकासहित ६ जना घाइते
जनकपुरधामः महोत्तरीको गौशालामा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब साढे ७ बजे इमली बजारबाट गौशालातर्फ आउँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।