कैलाली उद्योग वाणिज्य संघद्वारा नक्कली सदस्यता खारेजीको माग ओझेलमा पार्ने प्रयास (भिडियो सहित)
कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यता हटाउन उच्च अदालत दिपायलले दिएको आदेशपछि आफ्नो पक्षमा जनमत बनाउन बोलाईएको व्यवसायीको भेलामा पनि नक्कली सदस्यता खारेजको माग गरिएको छ । आज भएको भेलामा सहभागी भएका वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेजलाई पहिलो मागको रुपमा उठान गरेका हुन् । उच्च अदालत दिपायलको आदेशपछि नक्कली सदस्य हटाउने आदेशलाई ओझेलमा पार्दै आफ्नो बचाउमा लागेका वर्तमान पदाधिकारीहरुले भेला बोलाएपछि वास्तवीक व्यवसायिहरुले भेलाको औचित्यमाथि प्रश्न गरेका हुन् । भेलामा वास्तविक व्यवसायीको संघ हुनुपर्ने भन्दै लविङ गरिरहेका व्यवसायिहरुको विरोध गर्ने र आफ्नो बचाउ गर्ने मात्रै गरि छलफल हुन थालेपछि व्यवसायिहरुले भेलाको औचित्यमागि प्रश्न गरेका छन् ।
आफ्नो पक्षमा वकालत गर्नका लागि गरिएको भेलामा सहभागी भएका वास्तविक व्यवसायीले नक्कली सदस्या खारेजको मुद्धालाई ओझेलमा नपार्न आग्रह गरेका छन् । भेलामा वर्तमान कार्य समितिले आफ्ना गल्तीहरुलाई चोख्याउने कोसिस गरेपछि रुष्ट भएका व्यवसायीहरुले भेलाको एजेण्डामाथी प्रश्न उठाउदै नक्कली सदस्य खारेज गर्न कार्य समिति तयार हुनुपर्ने माग व्यवसायीको थियो । कुनै समय देशकै उत्कृष्ट वनेको संघ पछिल्लो समय नक्कली सदस्यहरुको हालीमुहाली वढ्दै जाँदा वदनाम वन्दै गएको छ । अहिले प्रदेश नम्व्र ७ मा विकास र समृद्धीका लागि आवाज उठाईने मञ्चको पनि अभाव भएको छ । कर र भ्याटमा दर्ता भएपछि मात्रै संघको सदस्य वनाएर मताधिकार दिन व्यवसायीहरुले माग गरेका छन् । वास्तविक व्यवसायीको साझा संस्थाको रुपमा अगाडी वढाउन पनि उनीहरुको सुझाव छ ।
व्यवसायीले नक्कली सदस्यलाई हटाउन वा कर भ्याटमा दर्ता गर्न चर्को रुपमा आवाज उठाईरहँदा भेलाकै बिचमा बोल्नु भएका मुद्धा हाल्ने मध्येका रविनकान्त पन्तले संघका पदाधिकारीको पक्षमा वकालत गरेपछि व्यवसायीहरु त्यसको विरोध गर्दै सभाहलबाट वाहिरिएका थिए । रविनकान्त पन्तले बोल्दै गर्दा विवाद भएपछि संघका अध्यक्ष शंकर वोगटीले नक्कली सदस्यता खारेज गर्ने प्रक्रियामा गइसकेको भन्दै माहोल शान्त पार्ने प्रयास गरे । अध्यक्षको आग्रहका विच व्यवसायीहरु आ–आफ्नो स्थानबाट उठेर बाहिरिन थालेपछि अध्यक्ष बोगटीले हतार हतारमा कार्यक्रमको समापन गरेका थिए ।
व्यवसायिको लागि बोलाईएको भेदामा संघका कानुनी सल्लाहकार वीरवहादुर जेठाराले संघको पक्षमा वकालत गर्दै ४० मिनेट खर्चिनुभयो भने कानुनी प्रक्रिया भन्द्या पनि व्यवहारीक रुपमा मिलाउनपर्ने सुझाव दिए । अहिलको प्रमुख मुद्धा नै नक्कली सदस्य खारेजको रहेपनि संघका पदाधिकारीहरु भने नक्कली सदस्यहरुकै सहयोगमा निर्वाचनमा जाने तयारी गर्न थालेपनि वास्तवीक व्यवसायि निराश भएका छन् । नक्कली सदस्यता हटाउनुभन्दा पनि आफ्नो पक्षमा व्यवसायीलाई पार्न सक्रिय संघका पदाधिकारीहरुले नक्कली सदस्य हटाउने मुद्धालाई ओझेलमा पार्दै आएका छन् ।