बझाङमा भरुवा बन्दुकसहित युवक पक्राउ
प्रताप ओली, बझाङ: शनिबार बझाङको बुंगल नगरपालिकामा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा केदारस्युँ वडा नम्बर ६ का ४२ वर्षीय करसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
धामीलाई इलाका प्रहरी कार्यालय बुङगलले गोप्य सूचनाको आधारमा भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा बुङगल नगरपालीका वडा नम्बर ३ रनलेखमा पक्राउ गरिएको हो।
धामीलाई हातहतियार खरखजाना मुद्धा अन्तर्गत कारबाही गर्ने गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।