सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ४२१ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

२०७७ पुष १९, ०४:३४ खबर संवाददाता

धनगढी: नेपालमा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। 

शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।      

कमेन्ट लोड गर्नुस