सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका डा.कायस्थद्धारा आमाको पुण्यतिथिमा न्यानो लुगा सहयोग

२०७७ पुष १६, ०८:५५ खबर संवाददाता

धनगढी : धनगढीका डा. शुभेषराज कायस्थले अपाङ्गता भएका बाबालिकाहरुलाई न्यानो लुगा सहयोग गरेको छन्। धनगढीमा रहेको समर मेडिकलका सञ्चालक समेत रहेका डा. कायस्थले कैलालीको गोदावरी २ अत्तरियामा रहेको सुप समाबेशी आधारभुत विद्यालयमा आवासिय रुपमा अध्यनरत शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो लुगा सहयोग गरेका हुन्।

उनले आफ्नी आमा हरिदेवी कायस्थको पुण्यतिथिको अवसरमा बालबालीकाहरुका लागी २९ थान ट्रयाकसुट, २ क्रेट अण्डा र ३५ थान प्याकिङ्ग नास्ता सहयोग गरेको बिद्यालयका संस्थापक मान बहादुर साउँदले बताए।

उनले चिसोको बेला बालबालिकाहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको बताए। यस्तै उनले आफु फिजियोथेरापिस्ट पनि भएकाले बालबालीकाहरुलाई निःशुल्क उपचार गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस