सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते

२०७७ पुष १५, ०३:३१ खबर संवाददाता

बाजुरा: बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुधबार बझाङबाट बाजुरा सदरमुकाम मार्तडी जादै गरेको से१ज १०५८ नम्बरको जीप खप्तड छेडेदह गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन।  

घाइते मध्ये खप्तड छेडेदह गाउँपालिका–६ का ३० वर्षीय दिनेश गन्दर्भ गम्भिर रहेकोमा उनलाई अछामको बयालपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

यस्तै बझाङको जयपृथ्वी नगरपालिका–२ की सरीता राना, खप्तड छेडेदह गाउँपालिका–६ का केशव बिष्ट, सोही नगरपालिका–५ का अर्जुन बुढा, गोलेश्वर नगरपालिका–४ का शुरेश राना र सोही नगरपालिका–६ का नरेन्द्र गन्र्दभको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। 

जीपको ब्रेक फेल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

कमेन्ट लोड गर्नुस