सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ७०८ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

२०७७ पुष १४, ०४:५२ खबर संवाददाता

धनगढी : नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। 

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन्। 

मंगलबार मात्र ७ ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ।      

कमेन्ट लोड गर्नुस