सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा बझाङको पार्टी कार्यालयमा ओली समूहको कब्जा

२०७७ पुष १२, ०३:४९ खबर संवाददाता

बझाङ: बझाङको चैनपुर पानकोटमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले तालाबन्दी गरेका छन्।

प्रचण्ड–नेपाल समूहको बहुमत रहेको बझाङमा ओली निकट मानिने विद्यार्थी संगठन अनेरास्वियूका संयोजक प्रविन्द्र धामीले ताला लगाएको जनाएका छन्।

उनले पार्टी कार्यालयमा केही समयदेखि गुटगत भेला आयोजना भइरहेको भन्दै निर्वाचन आयोगको निर्णय आएपछि मात्रै ताला खोल्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस