सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान

२०७७ पुष ७, ०३:४८ रासस

बझाङ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । 

प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि  उनले हरेक सच्चा कम्युनिष्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गरेका छन् । 

अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत  चुनौतीलाई कुशलतापूर्वक सामना गरे मात्रै सही विचार र नेतृत्व स्थापित हुने र त्यो माक्र्सवादी मान्यता भएको जनाउँदै भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्न सुझाव  दिएका छन् ।
 

कमेन्ट लोड गर्नुस