गोदावरी आर्यघाटमा सरसफाई
धनगढी: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका पूर्व विद्यार्थीहरुको नेतृत्वमा गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ।
कुरुप बनेको आर्यघाटमा शनिबार बिहान बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको दुर्गालक्ष्मी उच्च माविका पूर्व विद्यार्थी कल्पना भट्टले बताइन। उनले यो अभियानलाई निरन्तरता दिँदै अन्य ठाउँहरुमा पनि सरसफाई गरिने बताइन।
उक्त बृहत सरसफाई कार्यक्रममा दुर्गालक्ष्मी नमूना माविका शिक्षकहरु, २०५८ सालको एसएलसी ब्याचका विद्यार्थीहरु, तेघरीस्थित भवानी दल गणका नेपाली सेनाहरु, सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरिया, ईलाका प्रहरी कार्यालय मालाखेती, गोदावरी पोष्टका प्रहरी, विभिन्न क्लबका सदस्यहरु, अत्तरियाका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता थियो।