सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारीपछि बन्द धनगढीको कपडा बैँक पुस ५ गतेदेखि खुल्ने

२०७७ पुष ४, १२:०१ खबर संवाददाता

धनगढीः विश्व व्यापी महामारीपछि बन्द भएको धनगढीको कपडा बँैक पुस ५ गते (भोली)देखि नियमित खुल्ने भएको छ। 

धनगढीमा कोरोना संक्रमण देखिएपछि झण्डै ८ महिनापछि कपडा खुल्ने भएको हो। शिवपुरी धाममा रहेको कपडा बैँक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्नेछ। 

सञ्चालक मध्येका गोपाल हमालले कोरोना महामारीपछि बन्द भएको बैँक आइतबारदेखि सञ्चालनमा आउने बताउँदै नगरबासीलाई कपडा दान गरी सहयोग गरिदिन आग्रह गरे। 

उनले चिसो पनी बढिरहेकाले आवश्यकता पर्नेले लगाउन मिल्ने खालका लुगा कपडा बैँकमा ल्याएर बुझाइदिन अनुरोध गरे। 

धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा गत वर्षको साउनमा शिवपुरी धाममा कपडा बैँक स्थापना गरि सञ्चालनमा ल्याएका थिए। 

बैँकबाट विभिन्न व्यक्तिहरुले दान गर्ने कपडा आवश्यकता परेका जो कोहीलाई पनि वितरण गर्ने गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस