सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नागरिक अगुवा पाठकलाई पितृ शोक

२०७७ पुष ४, ०८:३५ खबर संवाददाता

धनगढीः धनगढीका नागरिक अगुवा प्रमोद पाठकलाई पितृ शोक परेको छ। 

धनगढी उप–महानगरपालिका–५ को हसनपुरमा बस्ने पाठकका बुवा जयलाल पाठकको ९० वर्षको उमेरमा शुक्रबार राति मृत्यु भएको हो। 

कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएका पाठकको उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ। 

उनको शनिबार गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। 
 

कमेन्ट लोड गर्नुस