सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ब्राउन सुगर मृद्धामा फरार रहेका २ जना पक्राउ

२०७७ मंसिर २८, ०६:४९ खबर संवाददाता

धनगढी: प्रहरीले लागुऔषध ब्राउन सुगर मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका– १३ बस्ने अन्दाजी २२ वर्षीय धिरज भट्ट र सोही ठाउँका अन्दाजी २३ वर्षीय सुरेश ऐर रहेका छन्।

उनीहरु दुवैलाई कैलाली प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

घटना भएको मितीबाट फरार रहेका दुवैलाई उनीहरुको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

पक्राउ परेका दुवैमाथि कानुन बमोजिम अनुसन्धान भइरहेको उनले बताए।  

कमेन्ट लोड गर्नुस