सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर २७, ०४:५५ खबर संवाददाता

धनगढी: विभिन्न व्यक्तिहरुले धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफ्नो ३०औं वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेका छन्। 

शनिबार डा. अवस्थी र उनकी पत्नी विमलाले आश्रममै पुगेर बिहानको खाना र नगद ३० हजार सहयोग गरेको आश्रमले जनाएको छ। 

यस्तै आफ्नी स्वर्गिय आमाको सम्झनामा धनगढी उपमहानगरपालिका–३ बोराडाँडा बस्ने सुदेश सागर जोशी र उनकी पत्नी विन्दु श्रेष्ठ जोशीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। 

उनीहरुले बिहानको खानाका लागि नगद ५ हजार सहयोग गरेका थिए। 

 

कमेन्ट लोड गर्नुस