सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध

। फोटो स्रोत ।
२०७७ मंसिर २६, ०४:३७ रासस

बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध गरिएको छ । 

बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रुसमेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधनसमेत सुनकुडामा लाम लागेका छन् । 

बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरीचौकीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । 

सुनकुडामा बिहीबारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रहरीका अनुसार चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको थियो ।

कमेन्ट लोड गर्नुस