धनगढीमा मोटसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, २ जना घाइते
धनगढीः धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ।
धनगढी उप–महानगरपालिका–७ मनहेरास्थित सडकखण्डमा सुपप्र०१००८प ८१२ को स्कुटर र म १प ७१७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का २८ वर्षीय जगत जाग्री र स्कुटर चालक धनगढी–७ का ६८ वर्षीय भोलाप्रसाद नेपाल घाइते भएको बताए
उनीहरुको अवस्था मध्यम छ। उनीहरुको धनगढीमा उपचार भइरहेको छ।