बझाङमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ
धनगढी: बझाङ प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको सुर्मा गाउँपालिका–२ घोगाडाका ४९ वर्षीय कलकबहादुर बोहरा रहेका छन्।
प्रहरीका अनुसार बोहरालाई जिल्ला अदालतले २०७३ असारको २० गते ४ वर्ष कैद र २ हजार ५ सय जरिवाना सुनाएको थियो।
घटना भएको मितीबाट फरार रहेका बोहरालाई शनिबार पक्राउ गरी आइतबार अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए।
अदालतले आइतबार नै बोहराबाट जरिवाना अशुल गरी कैद भुक्तानका लागि कारागार पठाएको प्रहरीले जानकारी दिएको छ।