सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ६ सहित सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १९, ०२:४४ खबर संवाददाता

धनगढीः धनगढीका ६ सहित सुदूरपश्चिमका थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार धनगढी उप–महानगरपालिका ६ जना र स्थानीय तह नखुलेका कैलालीकै ३ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस