सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा माछासहित झण्डै १ लाखको अवैध सामान बरामद

२०७७ मंसिर १८, ०८:०९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा सशस्त्र प्रहरीले माछासहित झण्डै १ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्ट सहित बिओपि जिमुवा र बिओपि दोधाराचाँदनीबाट खटिएको टोलीले अवैध सामान बरामद गरेके सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका चिनी, युरीया मल, बिडी, चियापत्ति, स्विट सुपारी, मैदा, पर्दा र माछा गरी ९६ हजार ९ सय मूल्यको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस