स्कुटरमा लागुऔषध बोकेको अवस्थामा कैलालीबाट युवक पक्राउ
धनगढी: स्कुटरमा लागु औषध खैरो हिरोइन बोकिरहेका एक युवक कैलालीबाट पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ बाट खैरो हिरोइनसहित लम्कीचुहा नगरपालिका–१ बस्ने २५ वर्षीय आकाश चौधरी पक्राउ परेका हुन।
मंगलबार उनलाई करिब ३ ग्राम ५३ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु६३प ५० नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक चौधरीको साथमा उक्त धूलो फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।