धनगढीमा कोरोना संक्रमित बृद्धाको मृत्यु
धनगढीः धनगढीमा कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरियाकी ७४ वर्षीया महिलाको मुत्यु भएको नेपाली सेना भवानी दलले जानकारी दिएको छ । फोक्सोमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा गत मंसिर ५ गते भर्ना भएकी उनमा ८ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको आइसीयूमा उपचाररत उनको सोमबार मृत्यु भएको हो ।
मंगलबार नेपाली सेनाको भवानी दल गणबाट सह–सेनानी नवलसिँह रोकायाको कमाण्डमा गएको टोलीले वडा नम्बर ७ कै पटेला घाटमा हिन्दु संस्कार अनुसार शव व्यवस्थापन गरेकाे गणपति विकाश केसीले जानकारी दिए ।