धनगढीमा गल्फ लुब्रीकेन्टकाे स्वरूम सञ्चालन
धनगढी : धनगढीमा गल्फ लुब्रीकेन्टकाे स्वरूम सञ्चालनमा आएकाे छ।
गल्फ लुब्रीकेन्टकाे आधिकारिक विक्रेता सयपत्री स्टाेर्सले मंगलबारदेखि स्वरूम सञ्चालनमा ल्याएकाे जनाएको छ। स्वरूमकाे अाैपचारिक कार्यक्रमकाबीच सिजी हाेल्डिङका कार्यकारी निर्देशक करन चाैधरी र सयपत्री स्टाेर्सका सञ्चालक सुरेश शाहले संयुक्त रूपमा उदघाटन गरेका हुन्।
कार्यक्रममा नेपाल ल्यूब आयल लिमिटेडका डिपुटी जनरल म्यानेजर दिवाकर मिश्रा, बजार व्यवस्थापक रूपेश वाग्ले र सेल्स काेडिनेटर राजन रावलकाे समेत उपस्थिति रहेकाे थियाे।