बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने
बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उप प्रमुख राधा ओझाले बताईन । ६० बर्षदेखिका एकल पुरुषलाई भत्ता दिने निर्णय नगरकार्यपालिकाले पारित गरेको उनले बताईन ।
एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई भत्ताको व्यवस्था गरिएको उप प्रमुख ओझाले बताईन । नगरपालिकाका ९ ओटै वडामा एकल पुरुषको तथ्यांक संकलन भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए । मासिक १ हजारका दरले एकल पुरुषहरुलाई भत्ता दिइने र यसका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।