सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवर विजयी

२०७७ मंसिर १३, ०६:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्। 

कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले कुँवर कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएको दिनेश खबरलाई बताए। 

उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस