इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखमा डिएसपी शाही आउँदै
धनगढीः इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखमा प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही आउने भएका छन।
कुनै जानकारी बिना करिब ८ घण्टासम्म सम्पर्कविहीन भएपछि डिएसपी भरतबहादुर चौरधीलाई जिल्ला तानिएपछि प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा शाहीलाई पठाएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले चौधरीको ठाउँमा शाहीलाई पठाइएको जानकारी दिए।
शाही लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए। गत मंगलबार राति प्रहरी नायब उपरीक्षक चौधरी सम्पर्कविहीन भएका थिए।
उनी करिब ८ घण्टापछि बुढीतोलामा भेटिएका थिए भने चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन गरिएको छ।