सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मालपोतले अबदेखि बार अनुसार सेवा दिने

२०७७ मंसिर १२, ०६:५१ खबर संवाददाता

धनगढीः भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले अबदेखि बारअनुसार सेवा प्रदान गर्ने भएको छ। 

कार्यालयले शुक्रबार सूचना जारी गर्दै कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै जिल्लाका स्थानीय तहअनुसार सेवाग्राहीलाई छुट्टाछुट्टै बार सेवा प्रदान गर्ने जनाएको छ। 

आइतबार र सोमबार धनगढी उपमहानगरपालिकाका १९ वटै वडा, चुरे र मोहन्याल गाउँपालिकाका सेवाग्राहीलाई मात्र लिखत रजिष्ट्रेसन, मुद्दा फाँट, धितो, रोक्का फुकुवा सम्बन्धि सेवा दिने जारी सूचनामा उल्लेख छ। 

यस्तै मंगलबार र बुधबार  गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका सेवाग्राही तथा बिहीबार र शुक्रबार घोडाघोडी नगरपालिका, बर्दगोरिया र कैलारी गाउँपालिकालाई मात्र सेवा दिइनेछ। 

सम्बन्धित स्थानीय तहका सेवाग्राहीलाई  तोकिएका बार बाहेक सेवा प्रदान नगरिने मालपोत कार्यालयले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस