सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ७ सहित थप ९ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १२, ०३:२९ खबर संवाददाता

धनगढीः कैलालीका ७ सहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९० जनाको परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ३ जना, वडा नम्बर ४ का १ जना, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

ठेगना नखुलेका कैलालीकै १ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५  र अजयमेरु गाउँपालिका ४ का १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस