सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा युवक मृत भेटिए

फोटो :पुस्कर भट्ट
फोटो :पुस्कर भट्ट
२०७७ मंसिर १२, ०८:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा १ जना मृत फेला परेका छन।

भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान १ जना मृत फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको दिनेश खबरलाई बताए। 

‘बिहान ६ बजेर ५० मिनेटको समयमा भानु पार्टी प्यालेस नजिकै टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा युवक मृत भेटिएका हुन,’  उनले भने, ‘तर पहिचान खुल्न सकेको छैन। अहिले घटनास्थल कार्य भइरहेको छ। ’ 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस