सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रमद्वारा सडकमा भेटिएका ६ जनाको उद्धार

२०७७ मंसिर १२, ०८:१३ खबर संवाददाता

धनगढीः धनगढीको मानव सेवा आश्रमले सडकमा अलपत्र अवस्थामा भेटिएका ६ जनाको उद्धार गरेको छ।

धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका सडकमा अलपत्र अवस्थामा भेटिएका ६ जनालाई उद्दार  गरिएको मानव सेवा आश्रमले जनाएको छ। 

प्रहरीको सहयोगमा उनीहरुलाई गएराति उद्दार गरिएको हो। सुदूरपश्चिमलाई अबको ८ महिनाभित्र सडकमानव मुक्त प्रदेश निर्माण गरि घोषणा गर्ने लक्ष्य सहित राखिएको मानवसेवा आश्रमले जनाएको छ। 

आश्रमले सडकमा अलपत्र परेकाहरुलाई आश्रय दिदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस