यस्ता छन् चकलेट खानुका फाइदा
धनगढी: हामीले खाने चकलेट स्वादका लागि मात्रै होइन्, त्यसले हामो स्वास्थ्य र सौन्र्दयलाई समेत फाइदा पु¥याउँछ। विभिन्न अध्यनअनुसार चकलेट खाँदा तनाव पनि कम हुन्छ।
बजारमा पाइने विभिन्न प्रकारका चकलेटमध्ये सबैभन्दा राम्रो डार्क चकलेट मानिन्छ। डार्क चकलेटमा सुगरको मात्रा कम हुने भएकाले यो कलेट स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ।
यस्ता छन् फाइदा :
तनाव कम गर्छ
तपाईं कुने प्रकारको तनावमा हुनुहुन्छ भने चकलेट तपाईंको त्यस्तो साथी हो जसले तपाइँलाई केही क्षणमै तनावमुक्त बनाउन सहयोग गर्छ।
छालालाई स्वास्थ्य राख्छ
चकलेटमा एन्टी अक्सिडेन्टको गुण भरपुर हुन्छ जसले तपाईंको छालामा देखिने ढल्कँदै गरेको उमेरको लक्षणहरु, चाँया र दागहरु कम गर्छ। साथै तपाईंको छाला र अनुहार जवान देखाउँछ।
कोलेस्ट्रोल कम गर्छ
शरीरमा हुने एलडिएन कोलेस्ट्रोल अर्थात नराम्रो कोलेस्ट्रोललाई कम गर्नको लागि चकलेट धेरै नै उपयोगी हुन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर मोटोपना घटाउँछ।