सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीद्वारा ७७ हजार बराबरका मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद

२०७७ मंसिर ११, ०७:३८ खबर संवाददाता

धनगढीः कैलाली प्रहरीले मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका ३ बाट ७७ हजार २ सय रुपैयाँ बराबरका अवैध किरानाका सामान र मोटरसाइकलका पार्टपुर्जा बरामद गरिएको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस