सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलितालमा किसान नेता भीमदत्त पन्तको शालिक अनावरण

फोटो : गणेश थापामगर र भक्त गाहा मगर
फोटो : गणेश थापामगर र भक्त गाहा मगर
२०७७ मंसिर १०, ०२:०४ खबर संवाददाता

धनगढी: डडेल्धुराको आलिताल गाउँपालिकामा किसान नेता शहिद भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ। पूर्णकदको शालिकको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले अनावरण गरेका हुन।

शहिद भीमदत्त पन्तको ९५औं स्मृति दिवसका अवसरमा गाउँपालिका कार्यालय परिसरमा शालिक अनावरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। ५ लाखको लागतमा साढे ६ फिटको सो शालिक निर्माण भएको र जम्मा जगसहित १० लाख बजेट खर्च भएको उनले बताए। 

किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साउन १७ गते आलिताल गाउँपालिका–४ गल्लेकमा टाउको काटि हत्या गरिएको थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउदै आएको छ।

को थिए भीमदत्त ?
नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन्।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो। सामन्ती संस्कारकाविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त पन्त नै थिए।

‘ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका थिए पन्तले।  भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो। ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।


 

कमेन्ट लोड गर्नुस