मालाखेतीका डिएसपी जिल्ला तानिए, कारवाहीका लागि सिफारिस गरिने
धनगढीः गएराती ८ घण्टासम्म सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।
जिल्लालाई कुनै जानकारी नगराइ सम्पर्कविहीन भएका चौैधरीलाई जिल्ला झिकाइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले दिनेश खबरलाई जानकारी दिए।
‘उहाँलाई हामीले सोधपुछका लागि जिल्ला बोलाएका छौँ,’ प्रहरी उपरीक्षक जबराले भने, ‘पूर्व जानकारी नदिएर के कति कारणले सम्पर्कविहीन हुनुभएको रहेछ । बुझ्दैछौँ । आवश्यक कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गछौँ।’
प्रहरी नायब उपरीक्षक चौधरी जिल्ला तानिएपनि तत्काल उनको ठाउँमा कसैलाई खटाइएको छैन्।
गएराती ९ बजेदेखि चौधरी सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दै गर्दा बुधबार बिहान बुढीतोलामा सकुसल भेटिएका थिए।
चौधरीले सूचना संकलनका क्रममा त्यहाँ गएपनि फोनको नेटवर्क नहुँदा सम्पर्क गर्न नसकिएको बताएका छन्।
सम्बन्धित समाचार