सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीका ३ सहित सुदूरपश्चिमका थप २७ जनामा कोरोना पुष्टि

२०७७ मंसिर ५, ०५:१८ खबर संवाददाता

धनगढी: शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ९४ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

२७ जना मध्ये दार्चुलाका १७ जनामा, डडेल्धुराको अमरगढी नगरपालिकाका ३ जनामा, यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ जना र अजयमेरु गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी बैतडीको पुर्चौडीका ३ जना, बाजुरा र डोटीका १÷१ जनामा पनि संक्रमण देखिएको छ । 


 

कमेन्ट लोड गर्नुस