सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमितका संख्या १८०७ पुग्यो, १० जनाको मृत्यु

२०७७ मंसिर ४, ०७:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा १ हजार ८ सय बढिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

धनगढी उप–महानगरपालिका अनुसार ६ हजार २ सय बढिको कोरोना परीक्षण गर्दा १ हजार ८ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले १ हजार २ सय ७८ पुरुष र ५ सय २९ महिलामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उपाध्यायका अनुसार संक्रमण पुष्टि भएका मध्ये १ हजार ४ सय ९९ जनाले कोरोना जितेका छन् भने अहिले सम्म १० जनाको मृत्यु भएको छ ।

उपमहानगरपालिकामा संक्रिय संक्रमितको संख्या २ सय ९८ रहेको छ ।

उनीहरु मध्ये १ सय १५ महिला र १ सय ६१ पुरुष होम आइसोलेसनमा बसिरहेका छन् भने ९ महिला र १३ पुरुष गरी २२ जना अस्पताल र संस्थागत आइसोलेसनमा बसेका छन् । 
 

कमेन्ट लोड गर्नुस