थप ५०२ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित का छन्। यो सँगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घन्टामा देशभर जम्मा ३११२ जनाको पिसिआर परीक्षण भएको थियो।