थप ११९७ जनामा कोरोना संक्रमण
२०७७ मंसिर १, ०५:३७
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जना संक्रमित भएका छन्। यो सँगैसंक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।
आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन् ।
कमेन्ट लोड गर्नुस