सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको कस्या टाकुराबाट यस्तो देखियो सूर्योदय(फोटो फिचर)

२०७७ कार्तिक ३०, ०४:३८ खबर संवाददाता

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका ७ मा रहेको कस्या टाकुरामा भ्यू प्वाइन्ट निर्माण भइरहेको छ । डडेल्धुराकै सबैभन्दा अग्लो डाँडा मध्येको कस्या टाकुरोलाई प्राचिन, धार्मिक तथा ऐतिहासिक डाँडाको रुपमा लिइन्छ ।

अमरगढी नगरपालिकाको ७३ लाखको बजेटमा उक्त स्थानमा विभिन्न संरचनाहरु निर्माण भइरहेको हो । 

पोखरा बजारभन्दा केही माथिको मोडबाट १५ मिनेटजती हिँडेपछि कस्या टाकुरामा पुग्न सकिन्छ । अहिले टाकुरामा संचरनाका लागि टेण्डर भई निर्माणको कार्य धमाधाम भइरहेको छ । ती संरचनाहरुको निर्माण असार मसान्तसम्म सम्पन्न हुने नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए । अहिले सडकबाट उक्त स्थानमा जाने बाटो निर्माण भइरहेको उनले बताए । 

उक्त टाकुराबाट सूर्योदय  र सूर्यास्तको दृष्य मजाले देख्न सकिन्छ । 

फोटो: बिष्णु प्रसाद आचार्य, डिभिजनल वन अधिकृत डिभिजन वन कार्यालय डडेल्धुरा/राजेन्द्र थापा, राज भिजन  

कमेन्ट लोड गर्नुस