सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. गोविन्द केसीलाई कोरोना संक्रमण

२०७७ कार्तिक २८, ०७:०४ खबर संवाददाता

धनगढी: चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ ।   केही लक्षण देखा परेपछि डा. केसीले हिजो कोरोना परीक्षण गराएका थिए ।

आज उनीमा संक्रमण पोजेटिभ आएको हो । अहिल उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरो समेत आएको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए । साथै डा. केसीको श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । 

अहिले डा केसीका शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा स्वास्थ्य परीक्षण भइरहेको छ । 


 

कमेन्ट लोड गर्नुस