सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा होम आइसोलेशन बसेका कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक २७, ०५:३६ खबर संवाददाता

धनगढी: डडेल्धुरामा होम आइशोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले पुष्टि गरे ।

उनका अनुसार संक्रमितको मृत्यु बुधबार भएतापनि संक्रमित मृतकको दोस्रो रिपोर्ट आज(बिहिबार) आएको थियो । मृगौलाका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइशोलेसन बसेका थिए । 

मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४४ पुगेको  छ । 

कमेन्ट लोड गर्नुस