डडेल्धुरामा बेवारिसे अवस्थामा मोटरसाइकल फेला
धनगढी: डडेल्धुरामा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको छ । जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारी बजारमा से५प ३९६ नम्बरको मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
च्यासिस नम्बर MC1R70727017815 र इन्जिन नम्बर १०००M3 रहेको मोटरसाइकल प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरी टोलीले फेला पारेको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
साथै उनले सवारी धनीलाई सम्पूर्ण कागजातसहित प्रहरी चौकी स्याउले डडेल्धुरामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।