सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुर्घटना

२०७७ कार्तिक २४, ०६:३३ खबर संवाददाता

धनगढी: डडेल्धुरामा बोलेरो जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकाको बोगटा भन्ने स्थानतर्फ हिडेको जीप वडा नम्बर ४ स्थित ऐडुङग्रामा दुर्घटना भएको हो ।

म१ज ३०३ नम्बरको जीपमा १३/१४ सवार रहेको बुझिएको इलाका प्रहरी चौकी बगरकोटका प्रहरी सहायक निरीक्षक नरेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी कार्य भइरहेकोे प्रहरीले जनाएको छ । 

जीप सडकबाट केहि तल पल्टेको बताइएको छ । 
 

कमेन्ट लोड गर्नुस