सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

२०७७ कार्तिक २४, ०६:१० खबर संवाददाता

धनगढी: डडेल्धुरामा आक्रमण गरी किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारीदिएका छन् । 

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी बताए । 

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको उनले बताए । 

अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएको छ । टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । 

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । 

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

कमेन्ट लोड गर्नुस