अछामका थप ६ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक २४, ०५:५३
अछाम: सोमबार अछाममा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको स्वाव परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलसेनमा रहेको आर्मी ब्यारेकाका २४, २५, २२, ४५ वर्षीय ४ जना पुरुष, र वयलपाटा अस्पतालमा कार्यरत २९ र ६६ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको कमबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका जानकारी दिए ।
कमेन्ट लोड गर्नुस